काठमाडौँ । नेपाली सेनाले कर्णाली प्रदेशको हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नका लागि हिल्सा–सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिब्रिज जडान गर्दैछ ।
चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो ।
उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने बेलिब्रिज जडान पश्चात् उक्त सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुने नेपाली सेनाले जनाएको छ ।











