काठमाडौँ । अस्ट्रेलियाको बिग बास लिग(बिबिएल)को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर बिक्रि भएनन् ।
बिहीबार भएको १५औं संस्करणको बिबिएल ड्राफ्टमा परेका नेपालका ६ क्रिकेटरहरुलाई कुनै टोलीले समावेश नगरेका हुन् ।
बिहीबार भएको ड्राफ्टबाट सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएका थिए । तर, नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल हुन सकेनन् ।
ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका थिए ।
नेपालबाट हालसम्म सन्दीपले मात्र बिबिएल खेल्ने अवसर पाएका छन् । सन्दीपले मेलबर्न स्टार र होर्बट हरिकेन्सबाट समान २ संस्करण खेलेका छन् ।
बिबिएलमा ४३ खेल खेलेका सन्दीपले ४८ विकेट लिएका छन् ।










