११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिबिएलमा बिकेनन् कुनैपनि नेपाली क्रिकेटर



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाको बिग बास लिग(बिबिएल)को ड्राफ्टमा रहेका नेपालका ६ क्रिकेटर बिक्रि भएनन् ।

बिहीबार भएको १५औं संस्करणको बिबिएल ड्राफ्टमा परेका नेपालका ६ क्रिकेटरहरुलाई कुनै टोलीले समावेश नगरेका हुन् ।

बिहीबार भएको ड्राफ्टबाट सहभागी ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएका थिए । तर, नेपालका ६ खेलाडी भने कुनै टिममा सामेल हुन सकेनन् ।

ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका थिए ।

नेपालबाट हालसम्म सन्दीपले मात्र बिबिएल खेल्ने अवसर पाएका छन् । सन्दीपले मेलबर्न स्टार र होर्बट हरिकेन्सबाट समान २ संस्करण खेलेका छन् ।

बिबिएलमा ४३ खेल खेलेका सन्दीपले ४८ विकेट लिएका छन् ।