७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनकुने प्रदर्शनमा दुर्गा प्रसाईँको भिडियो खिच्ने दाहाल ५ हजार धरौटीमा रिहा



अ+ अ-

काठमाडौँ । नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

दाहालले चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडियो खिचेका थिए । प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका थिए ।

उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो । सोही दिनदेखि फरार भएका दाहाल अदालतमा बयानका लागि उपस्थित भएका थिए ।

प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडियो प्रकाशचन्द्रले नै कैद गरेका थिए ।