काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् ।
मङ्गलवार राति अवतरण भएको एयर अरेबियाको उडानमा दुबईबाट आएकी भारती नागरिकको साथबाट सुन बरामद गरिएको हो ।
५३ वर्षीया खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् । सुरुमा उनको मलद्वारमा सुन रहेको आशंका गर्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पटक–पटकको प्राविधिक जाँचपछि सुन पहिचान भएको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










