२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टम क्रूजलाई ओस्कार प्रदान गरिने



अ+ अ-

एजेन्सी । हलिउड अभिनेता टम क्रुजलाई गभर्नर अवार्डमा मानार्थ ओस्कारबाट सम्मानित गरिने भएको छ ।

फिल्म एकेडेमीले मंगलबार घोषणा गरेको छ कि टम क्रूज, कोरियोग्राफर डेबी एलेन र ‘डू द राइट थिंग’ प्रोडक्सन डिजाइनर विन थोमसलाई गभर्नर अवार्डमा मानार्थ ओस्कार स्ट्याचुएट्स प्रदान गरिनेछ ।

गायिका डली पार्टनले शिक्षा र साक्षरताको क्षेत्रमा दशकौंदेखि सामाजिक कार्य गरेकोमा जीन हर्शोल्ट मानवीय पुरस्कार पनि प्राप्त गर्नेछिन् ।

‘यस वर्षको गभर्नर अवार्डले चार जना दिग्गजहरूलाई सम्मान गर्नेछ जसको असाधारण करियर र फिल्म उद्योगप्रतिको समर्पणले दिगो प्रभाव पारेको छ’ ओस्कार आयोजना गर्ने एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेस का अध्यक्ष जेनेट याङले भनिन् ।

यी पुरस्कारहरू कला, चलचित्र विज्ञान र एकेडेमीको सेवामा जीवनभर योगदान पुर्‍याउनेहरूलाई दिइन्छ । छनोट फिल्म एकेडेमीको बोर्ड अफ गभर्नर्सले गर्छ ।

पुरस्कारहरू नोभेम्बर १६ मा लस एन्जलसको रे डल्बी बलरूममा एक निजी समारोहमा प्रदान गरिनेछ ।

गत वर्ष यो पुरस्कार क्विन्सी जोन्स, बन्ड शृङ्खलाका निर्माता बारबरा ब्रोकोली र माइकल जी. विल्सन, निर्देशक रिचर्ड कर्टिस र कास्टिङ निर्देशक जुलियट टेलरलाई प्रदान गरिएको थियो ।