५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी सर्वोच्च नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पको सुझाव



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई बिना सर्त तत्कालका लागि आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

राष्ट्रपति ट्रम्पले तत्काल खमिनीको ज्यान सुरक्षित रहेको भन्दै आत्मसमर्पण गर्न सुझाव दिएका हुन् । यो सजिलो लक्ष्यमा अगाडि बढे अहिले उनी सुरक्षित भएको उनको भनाइ छ ।

इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि स्थान सही नभएको बताउन थालेका छन् ।

अहिले संसारका धेरै नेता अमेरिकी राष्ट्रपति ट्रम्पको अबको बाटोको बारे अनुमान गर्न थालेका छन् ।

युद्ध चलिरहँदा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ । इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ ।

इजरायली नेता खोमिनले भने आफूहरु विश्वको कुनै प्नि शक्तिसँग नझुक्ने बताएका छन् । उनले कसैको दबाबमा आफूहरु नझुक्ने स्पष्ट पारेका हुन् ।