१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन थपिए ९४४ संक्रमित, निको हुने २९७ जना



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।  

पछिल्लो २४ घण्टामा जम्मा १३ हजार २६४ नमुना परीक्षण गर्दा आरटी पीसीआरबाट ९ हजार ७६२ र एन्टीजेनबाट ३ हजार ५०२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट ६९६ र एन्टीजेनबाट २४८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।