४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर श्रेष्ठको बालाजुबाट सकुशल उद्दार



तस्बिरः केशव श्रेष्ठको फेसबुक।
अ+ अ-

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डा केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्दार गरेको छ । बालाजुको एउटा घर वा होटलमा उनी फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीसँगको सोधपुछको क्रममा उनले आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पुर्याईदै छ ।

यसअघि आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको बताउदै फेसबुकमा लामो सुसाइड नोट लेखेर उनी सम्पर्कबिहिन भएका थिए ।

यो पनि पढ्नुहोस्ः  फेसबुकमा पीडा व्यक्त गर्दे सम्पर्कविहीन बने डाक्टर केशव श्रेष्ठ