२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार बस्ने, पुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक असार १६ गते मंगलबार दिउसो १ बजे बोलाउने निर्णय भएको कांग्रेस नेता रमेश लेखकले बताउनु भयो । पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो । नेता लेखकका अनुसार असार मसान्त सम्म समायोजनको काम सक्ने, साउन मसान्तमा क्रियाशिल सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको बताउनुभयो ।  

कांग्रेसले यस अघि १४ औं महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते सम्मगर्ने निर्णय गरेको थियो । तर कोरोना भाइरसको कारण संक्रमण फैलिदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको थियो । कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो । कांग्रेस नेता प्रकाशसरण महतले महाधिवेशन कार्यतालिकाला हेरफेर गर्ने नगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताउनुभयो । उहाँले महाधिवेशनको अन्तिम मिति फागुन ७ नै राख्ने र त्यस अघि हुने क्रियाशिल सदस्यता तथा नवीकरणका कामको तालिका परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।