२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड

मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड
महेन्द्रनगर(धनुषा), १ असार : मुख्यमन्त्री सिंह बैठकपश्चात सामूहिक तस्बिरमा मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएपछि मन्त्रीहरुसँग सामूहिक तस्बिरमा मुख्यमन्त्री सतिशकुमार सिंह।तस्बिर : निरंजनकुमार साह/रासस
अ अ+ अ-

महेन्द्रनगर, (धनुषा) । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ ।

आइतबारको प्रदेशसभाको पाँचाँै अधिवेशनको दशौँ बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालूतर्फ रु १६ अर्ब ७२ करोड र पूँजीगततर्फ रु ३० अर्ब २६ करोड विनियोजन गरिएको छ । कूल बजेटमा चालू खर्च ३५।८९ प्रतिशत र पूँजीगत खर्च ६४।११ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्वबाट रु ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरण अनुदान रु सात अर्ब ७२ करोड १९ लाख र सशर्त अनुदान रु चार अर्ब २६ करोड १८ लाख,  विशेष अनुदान रु ३९ करोड ४५ लाख, समपूरक अनुदान रु ३५ करोड ८२ लाख र अनुदानमार्फत जम्मा रु १२ अर्ब ६३ करोड ६४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घीय राजस्व बाँडफाँटबाट रु १२ अर्ब ३४ करोड ४५ लाखगत वर्षको मौज्दातबाट रु १० अर्ब ३८ करोड दुई लाख ५१ हजार र आन्तरिक ऋणबाट रु दुई अर्ब सङ्कलन हुने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि रु १५ अर्ब ८८ करोड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ६ अर्ब ४५ करोड, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई रु चार अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी शिक्षा तथा संस्कृति मन्त्रालयलाई रु तीन अर्ब ५७ करोड, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयलाई रु तीन अर्ब आठ करोड बजेट विनियोजन गरेको छ । कृषि मन्त्रालयलाई रु दुई अर्ब ८३ करोड, वन तथा वातावरण मन्त्रालयलाई रु दुई अर्ब ३७ करोड, युवा, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयलाई रु एक अर्ब ६८ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री यादवले बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई रु ६४ करोड ८९ लाख र श्रम तथा यातायात मन्त्रालयलाई रु ५७ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको बजेट ६।१३ प्रतिशतले वृद्धि भएको छ । सरकारले बजेटमार्फत आत्मनिर्भर र समृद्ध मधेस निर्माणको आधार तयार गर्ने उद्देश्य लिएको बताइएको छ । बजेट प्रस्तुतीकरणका क्रममा अर्थमन्त्री यादवले फजुल खर्च नियन्त्रण गरी, उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्दै रोजगारी सिर्जना र समृद्ध प्रदेशको परिकल्पना साकार पार्न बजेट लक्षित गरिएको बताउनुभयो ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ का लागि चालुतर्फ रु १५ अर्ब ९४ करोड र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड गरी जम्मा रु ४३ अर्ब ८९ करोडको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१र८२ को कुल बजेटको आकार आर्थिक वर्ष २०८०र८१ को भन्दा ०।५० प्रतिशतले कम रहेको थियो । यसैगरी आर्थिक वर्ष २०८०र८१ का लागि चालुतर्फ रु १८ अर्ब ५४ करोड र पुँजीगततर्फ रु २५ अर्ब ५७ करोड गरी जम्मा रु ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत भएको थियो । रासस