२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

राप्रपा नेपालले राजावादी आन्दोलनलाई देशव्यापी विस्तार गर्ने

राप्रपा नेपालले राजावादी आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
अ अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले एकहप्तासम्म चलेको आन्दोलन उपलब्धिमुलक भएको तथ्यलाई दृष्टिगत गर्दै आन्दोलनका कार्यक्रमलाई अझ सशक्त ढंगबाट चाँडो निरन्तरता दिईनुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।

आज बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आन्दोलनमा सरकारको दमन र निरंकुश कार्यशैलीको राप्रपा नेपालले निन्दा र भत्सर्ना पनि गरेको छ ।

आन्दोलनमा बढ्दो जनसहभागिताबाट त्रसित सरकारले सिङ्गो काठमाडौँलाई निषेधित क्षेत्र घोषणा गरेर संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र विना हातहतियार भेला हुन पाउने अधिकारको उपहास गरेको राप्रपा नेपालको ठहर छ ।

अब काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शन तथा घरदैलो लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै उपत्यकाबाहिर देशका विभिन्न भागहरूमा जनप्रदर्शनको आयोजना गर्ने तथा संयुक्त जनआन्दोलन समितिको संरचनालाई स्थानीय तहसम्म विस्तार गरी प्रतिबद्ध एवं जुझारु युवा जमात तयार पार्न सो पार्टीले सुझावसमेत दिएको छ ।