२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशसँगको विद्युत व्यापारमा कुनै आर्थिक जोखिम छैनः ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पार्नुभएको छ ।

आईतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यस्तो स्पष्ट पार्नुभएको हो । उहाँले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गर्नुभयो । उहाँले भारत र अडानी ग्रुपसँगको सम्झौता जस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको दाबी गर्नुभयो । मन्त्री खड्काले २८, ५०० मेगावाटको लक्ष्य प्राप्तिको लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको जिकिर गर्नुभयो । उहाँले लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “बङ्गलादेशले विद्युत्को पैसा तिर्न सकेको छैन, लास्ट इयर पनि तिरेको छैन भन्ने कुरा, हाम्रो सम्झौतामै छ, हामीहरूले बैङ्क ग्यारेन्टी लिएर दिन्छौँ । लास्ट इयर एक दिनको मात्रै भएको कारणले त्यो पनि हामीकहाँ बैङ्क ग्यारेन्टी भित्रै पर्छ । हाम्रो त्यस्तो इन्डियासँगको जस्तो, अडानी ग्रुपसँगको जस्तो छैन । हामी यसमा सुरक्षित छौँ, लेनदेनको विषयमा । २८ हजार ५०० को लक्ष्य र काम गराइ भएन भन्ने होइन । यसमा धेरै प्रक्रियागत कुराहरूको सुधार भइसकेको छ । हामीले कमिटी नै बनाएर काम गरिरहेका छौँ । भएका आयोजनाहरू सबैलाई बाहिर ल्याउने, सबैको काम गराउने । हामीसँग ठुला ठुला आयोजनाहरू पनि, एउटै आयोजना हामीले अहिले सम्पन्न गर्दै गर्दा पनि २५ सय मेगावाटका आयोजनाहरू, ४–५०० हजार मेगावाटका आयोजनाहरू पनि छन् । यिनमा पनि काम भइरहेको छ । लक्ष्य प्राप्तिमा समस्या हुन्छ जस्तो हुँदैन ।” 

नेपालले आईतवारदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा पहिलो पटक विद्युत निर्यात शुरु गरेको छ । आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी भारतमा दश हजार मेगावाट र बङ्गलादेशमा ५ हजार मेगावाट गरी १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने नेपालले लक्ष्य लिएको छ ।