२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट



अ+ अ-

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यु–२० दक्षिण एसियाली फुटबल सङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन् ।

उक्त प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दोस्रो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई आउट गर्दै ३० खेलाडी छनोट गरे । बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी सहभागी थिए ।

बन्द प्रशिक्षणबाट छनोट हुने खेलाडीमा अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, बिर्साना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, लीला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा र कविता गुरुङ छन् ।

त्यसैगरी करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला चन्द, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समीक्षा मगर, सनिमा माया लो, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी र रुपा लिम्बू छन् ।

बन्द प्रशिक्षणबाट अमिता भुल, सुनिता विक, सुनिता सुनार, प्रतीमा शर्मा मरिना लामा, अवानी राजेश्वरी, गायत्री मल्ल, रोजिता विष्ट, सविता मण्डल र सङ्गीता अधिकारी भने बाहिरिएका हुन् ।




भर्खरै