२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

बजेटमा गरिएको राजश्व प्रश्ताव चुनौतिपूर्णः एमाले सांसद आचार्य

बजेटमा गरिएको राजश्व प्रश्ताव चुनौतिपूर्णः एमाले सांसद आचार्य
अ अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रश्ताव चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले यस्तो बताउनुभएको हो ।

उहाँले बजेट तुलनात्मक रुपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गर्नुभयो । अर्थतन्त्रमा सुधार र वर्तमान आर्थिक परिस्थितिअनुकुल बजेट ल्याउने प्रयत्न गरेको भन्दै सांसद आचार्यले निजी क्षेत्रको समस्या समाधान उन्मुख र लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको रुपमा प्रश्तुत हुन खोजेको बताउनु भयो । उहाँले विगतमा लगानी भैरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित भएको दाबी गर्नुभयो । अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यबृद्धि र निर्यातजन्य कुराहरुमा प्रभाव पर्ने र आयआर्जनका कुराहरुमा नकारात्मक प्रभाव पर्नसक्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘बजेटमा अर्थमन्त्रीले स्रोत कसरी जुटाउने भनेर भन्नुभएको छ, राजश्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ । र राजश्वबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने १ खर्ब ६५ अर्ब जोड्दा जम्मा राजश्व १४ खर्ब ८० अर्ब उठाउनुपर्ने प्रस्ताव छ । त्यसमा वैदेशिक अनुदानमा ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणमा २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्ब भन्ने छ । यो जुन खालको प्रस्ताव छ यो अत्यन्तै चुनौतीपूर्ण छ । बजेट तुलनात्मक रुपमा यथार्थपरक छ । समस्या केन्द्रित, समस्या पहिचान गरेर समाधान केन्द्रित छ । यो अर्थतन्त्रमा सुधार गर्ने र अहिलेको आर्थिक परिस्थिति अनुकुल बजेट ल्याउने प्रयत्न गरेको छ । निजी क्षेत्रको समस्या समाधान गर्न उन्मुख रहेको छ । र, लगानीमैत्री, प्रविधिमैत्री, यथार्थ परक बजेटको रुपमा प्रस्तुत हुन खोजेको छ ।’

‘विकास आयोजनाहरुलाई केन्द्रित गर्ने, नयाँ ढंगले पुर्नसंरचित गर्ने र आयोजना केन्द्रित भएर प्रतिफल आउने हिसावले अनन्त ढंगले एउटा आयोजना चलिरहने लगानी भैरहने प्रतिफल केहीपनि नहुने जुन विगतको अवस्था थियो त्यसमा आयोजना केन्द्रित भएर जाने लगानी केन्द्रित गर्ने र छिटो आयोजना सम्पन्न गरेर त्यसको प्रतिफल लिनेतिर यो बजेट उन्मुख छ । र, यो आयोजनालाई प्राथमिकीकरण गर्ने जुन प्राथमिकता उन्मुख छ यसले प्राथमिकता तोकेर आयोजना सम्पन्न गर्न प्रयत्न गर्न खोजेको छ त्यो दिशाउन्मुख छ । र, उद्यम विकास मैत्री बजेटको रुपमा यो छ । यस हिसावले बजेटका यी केही महत्वपूर्ण विशेषताहरु छन् । यी विशेषताहरुलाई कार्यान्वयन गर्न जुन हिसावले राजश्व संकलन गर्ने या स्रोत जुटाउने प्लानिङको योजना बनाएका छौं त्यसमा ठूलो चुनौति छ । अहिलेको भूराजनीतिक परिस्थिति, क्षेत्रीय द्वन्दहरुको अवस्था छ, चर्किदै गएको अवस्था छ । भर्खरै अस्ति सुरु भएको इजरायल–इरानबीचको द्वन्दबाट हिजोमात्र ११ प्रतिशत भन्दा बढी कच्चा तेलको मूल्यबृद्धि भएको छ र यसले आपूर्ति श्रृंखलालाई प्रभावित गर्ने, मूल्यबृद्धि गर्ने र निर्यातजन्य कुराहरुलाई दुस्प्रभावित पार्ने, आयआर्जनका कुराहरुमा नकारात्मक प्रभाव पर्ने खालको अवस्था सिर्जना भएको छ । त्यसकारण अहिलेको भूराजनीतिक अवस्थामा राखिएको उद्देश्य चुनौतिपूर्ण छ ।’

उहाँले बजेटका विशेषताअनुरुप कार्यान्वयन र राजश्व संकलन गर्ने अथवा स्रोत जुटाउने विषय भने चुनौतिका रुपमा रहेको बताउनु भयो ।