न्यूजपोलार ए.आई.
इरान र इजरायलबीचको तनावले जटिल मोड लिएको छ ।
दुवै देशले एकअर्कामाथि रातभर नै मिसाइल प्रहार गरेका छन् ।
इजरायलले २० वर्षीया एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ ।
हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ ।
काठमाडौं । इरान र इजरायलबीचको तनावले जटिल मोड लिएको छ । शुक्रबार सबेरै बिहान इजरायलले इरानमा मिसाइल आक्रमण गरेयता मध्यपूर्वमा तनाव चुलिएको छ । गएराति पनि इरान र इजरायलबीच आक्रमण तीब्र भएको छ । दुवै देशले एकअर्कामाथि रातभर नै मिसाइल प्रहार गरेका छन् ।
इजरायलले २० वर्षीया एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ । यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन् ।
इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् । दुवै पक्षबाट हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ ।

इरानी रेभुलेसनरी गार्डले शनिबार राति भएको आक्रमणको बारे जानकारी दिनका लागि विज्ञप्ति जारी गरेको छ । सो विज्ञप्तिमा इजरायलको हतियार भण्डारमा लक्षित गरेको बताइएको छ । आक्रमणमा ३ क्रुज मिसाइल, १० ड्रोन तथा दर्जन होस्टाइल माइक्रो युएभी नास गरेको बताएको छ ।
इरानका स्थानीय सञ्चार माध्यमले तेल अभिभ र हाइफालाई लक्षित गरिएको बताएका छन् ।
आक्रमणमा अहिलेसम्म इरान र इजरायल दुवै देशमा ठूलो जनधनको क्षति भएको छ । दुवैतर्फ २० जना बालबालिकासहित कम्तीमा ८० जना मारिएका छन् । इजरायलमा ४ जना मारिएको पुष्टि भएको छ । अन्य सयौं घाइते भएका छन् ।
इरानले इजरायलमाथि गरेको मिसाइल हमलामा तेल अभिवस्थित इजरायली रक्षा मन्त्रालयमा पनि क्षति पुगेको छ । इरानको मिसाइल ‘किर्या कम्पाउण्ड’मा खसेको पुष्टि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
इरान र इजरायलको यो द्वन्द्वले मध्यपूर्व क्षेत्रमा व्यापक अस्थिरता निम्त्याएको छ । विश्व शक्तिहरूले तत्काल युद्धविरामको आह्वान गरिरहेका छन् । तर, दुवै पक्षको आक्रोश र चेतावनीपूर्ण भनाइले संकट झनै चर्किन सक्ने संकेत दिएको छ ।










