११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

‘नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक छ’

‘नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक छ’
अ अ+ अ-

काठमाडौँ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक रहेको बताउनुभएको छ ।

वशिष्ट गोत्र दवाडी वंश अनुसन्धान प्रतिष्ठान गोरखाद्वारा आज काठमाडौँमा आयोजित ‘भिडियो तथा पुस्तक विमोचन’ समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

“हरेकले आफ्नो पहिचान खोज्नुपर्छ, सबैले आ–आफ्नो पहिचान खोज्न सकियो भने राष्ट्रिय पहिचान निर्माण हुन्छ, यस्ता पुस्तकले आफ्नो पहिचान खोज्न मद्दत गर्छ”, मन्त्री पाण्डेले भन्नुभयो । यस्ता किसिमका खोज र अनुसन्धान पछिल्लो पुस्ताका लागि उपयोगी सन्दर्भ सामग्री हुने उहाँको भनाइ छ ।

मन्त्री पाण्डेले सिञ्जा उपत्यकाबाट नेपालको भाषा संस्कृतिको विकास भएको बताउँदै त्यस क्षेत्रलाई कतिपयले आफ्नो जातको थातथलोका रूपमा मान्दै आएका बताउनुभयो । संस्कृति संवर्द्धन, संरक्षण र खोज अनुसन्धान गर्न यस्ता पुस्तकले योगदान पु¥याउने उहाँले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री कमला पन्तले संस्कृति बचाउनका लागि यस्ता खोजअनुसन्धानले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रियसभाका सदस्य किरणबाबु श्रेष्ठले अनुसन्धानका तथ्यले नयाँ पुस्तालाई संस्कृति र मूल पहिचानप्रति जागरुक गराउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वसांसद प्रकाशचन्द्र दवाडीले वशिष्ट गोत्रीय दवाडीको इतिहास बुझ्नका लागि यस्ता वृत्तचित्र र पुस्तकले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा वशिष्ट गोत्र दवाडी वंश अनुसन्धान प्रतिष्ठान गोरखाका अध्यक्ष दयानिधि दवाडी, पूर्वराजदूत गोपिनाथ दवाडी, वशिष्ट गोत्र दवाडी वंश केन्द्रीय समितिका अध्यक्ष डा लक्ष्मीकान्त दवाडी, पूर्वअध्यक्ष भरत दवाडी, झापाका सचिव टङ्क दवाडीलगायतले पुरानो पुस्ताको ज्ञानलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न यस्ता पुस्तक सहयोगी बन्ने धारणा राख्नुभयो ।

शिक्षाविद् शुकदेव शर्मा दवाडीद्वारा लिखित ‘गोरखाका दवाडीको सङ्क्षिप्त परिचय’ पुस्तकको वरिष्ठ पत्रकार शिरोमणि दवाडीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले पुस्तकका लेखक शुकदेव शर्मा दवाडीलाई खादा र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो । रासस