११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा
अ अ+ अ-

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले शुक्रबारदेखि बिहान ७ देखि ५ बजेसम्म सेवा सुरु गरेको हो ।

बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएकाले बिहानदेखि सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानदेखि सेवा प्रवाह थालिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।”

कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सेवाग्राहीको चाप बढ्दै गएको छ । कार्यालयले यसअघि दैनिक एक सय ५० को हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै आएको छ । तनहुँमा १२ हजार राष्ट्रिय परिचयपत्र वितरण, ४६ हजार बाँकी जिल्लामा १२ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित दश स्थानीय तहमा परिचयपत्र पठाएकामा सम्बन्धित स्थानीय तहबाट १२ हजार ५०७ जनालाई परिचयपत्र वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट दुई सय ५८ परिचयपत्र वितरण भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा आइपुगेका राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा कार्यालयले सम्बन्धित पालिकामा पठाएको थियो । अधिकारीका अनुसार जिल्लाका पालिकामा ५९ हजार ५०० थान परिचयपत्र पठाइएको छ । अझै ४६ हजार ७३५ थान परिचयपत्र वितरण हुन बाँकी छ ।

अधिकारीले भन्नुभयो, “सम्बन्धित स्थानीय तहबाटै परिचयपत्र वितरण गर्दा सम्बन्धित व्यक्तिलाई सहज हुने भएपछि प्रशासन कार्यालयमा थन्किएर बसेका परिचयपत्र पालिकामा पठाएका हौँ । यसले गर्दा परिचयपत्र लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेन ।”

उहाँका अनुसार चालु आर्थिक वर्षमा १५ हजार ७१२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् । दिनमा १८० जनासम्मको आवेदन दर्ता गर्ने गरिएको छ । त्यसका लागि दुईवटा स्टेसन तोकिएको छ ।  रासस