२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा पुरिएर महिलाको मृत्यु



अ+ अ-

सुर्खेत । सुर्खेतमा पहिरोमा पुरिएर महिलाको मृत्यु भएको छ ।  

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका–६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।

आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।