• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित



पाल्पा । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।

किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिकरुपमा सिताके च्याउखेती थालेका छन् । प्रतिपरिवार रु १० हजारका दरले उठाएर च्याउखेती गरेका उनीहरको आर्थिक अवस्थामा सुधार आएको छ ।

तानसेनका व्यवसायी अनिल घिमिरेले रु दुई लाख पचास हजार लगानी गरेर च्याउखेती सुरु गर्नुभएको छ । अहिले उहाँको च्याउन फार्ममा रु पचास लाख बराबरको लगानी रहेको छ । पाँच सय काठका मुढाबाट च्याउखेती थाल्नुभएका घिमिरेसँग अहिले पाँच हजार मुढा छन् । घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती सुरु गर्नुभएको हो । उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्नुहुन्छ । 

व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बैंकमा बचत गर्न थालेका छन् ।

परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकामा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताउनुभयो । यहाँ उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री वितरण गरिन्छ ।