२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

भारतमा किन बढ्ता तर्सिन्छन् चीनसँग ?

भारतमा किन बढ्ता तर्सिन्छन् चीनसँग ?
अ अ+ अ-

यतिखेर भारत र चीनबीचको सम्वन्धमा पुनः अप्ठ्यारो अवस्था आएको छ। बीस जना भारतीय सैनिकको ज्यानजाने गरी गलवान उपत्यका अन्र्तगतको लाईन अफ एक्चुयल कन्ट्रोलको एक क्ष्ँोत्रमा भएको भारतीय र चिनिया सैनिकबीचको झडपपछि दुई देशबीचको सम्वन्धमा पुनः दरार उत्पन्न भएको छ। हुन त अहिलेसम्म धेरै कुरा साम्यपनि भईसकेको छ। मुख्यगरी भारतीय मिडिया र विज्ञहरुको ठूलो तप्का सर्वनाशै हुने भो कि जसरी प्रस्तुत भईरहेका छन्। चीनले आफुलाई अमेरिकासँगमार्फत तुलना गर्दछ। भारतलाई कम्तिमापनि आउँदो दुई दशकसम्मपनि चीनले प्रतिस्पर्धी ठान्दैन् यथार्थमा। भनिन्छ चीनमा भारतको खासै नाम सुनिदैन्, तर पश्चिमा विश्ववारे भने निकै वहस हुन्छ। 

चीनको अर्थतन्त्र भारतको भन्दा सात गुणा ठूलो छ। बैदेशिक मुद्रा सञ्चिति त २० गुणा भन्दा बढी छ चीनको भारत भन्दा। राजनीतिकरुपमा भारत निकै विभाजित, अस्थिर र उथलपुथल छ, चीन भने अत्यन्त स्थिर, शान्त, लक्ष्य केन्द्र्रीत र एकिकृत छ। कूटनीतिक र रणनीतिक प्रस्तुतीका सन्र्दभमा भारत संसारमै कमजोर मानिन्छ, भारतीय कूटनीतिज्ञहरु सस्ता र अक्कल नपुर्याउनेभनि गनिन्छन्।  तर चीनको वारेमा धेरै लेख्नै पर्दैन् अमेरिकी विज्ञहरुसमेत हामीले अझै चीन बुझ्न सकेनौं भनिरहेका छन्। ट्रम्पले चीनसगं ठोसरुपमा प्रस्तुत हुन नसेको भनेर आफ्ना नीतिनिर्माताहरुलाई त्यसै झाँको झारिरहेका छैनन्।

सामाजिकरुपमा भारत निकै विभाजित, अविश्वास, द्धन्द्धात्मक, कलह र संसयमा छ। उतातिर चीन ९४ प्रतिशत एकै समुदायको भएको कारणलेपनि र कुशल व्यवस्थापनद्धारा सामाजिकरुपमा अत्यन्त मेलमिलापपूर्ण, विश्वासमा आधारित, शान्तिपूर्ण र सामूहिकतावादमा आधारित छ। सामरिकरुपमा चीन विश्वको अमेरिका र रुसपछिको तेस्रो शक्ति हो। भारतीय मिडियाले कहिलेकाहि सैनिक सख्याको आधारमा चौथो शक्तिे भारत हो भन्ने गर्दछन तर यो सत्य होईन सैन्य क्षमताको आधारमा बेलायत, फ्रान्स, जर्मनी, ब्राजिल, क्यानाडा, अष्ट्रेलिया, ईजरायललगाएतका मुलुकहरु भारत भन्दा कैयौं गुणा शक्तिशाली छन्। सैनिक क्षेत्रमा संख्या भन्दा सैन्य उपकरण बढ्ता महत्वपूर्ण मानिन्छ। यो त सामान्य मानिसलेपनि बुझ्ने कुरा हो। 

चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर चीनकोलागि भारतको भन्दा बढ्ता व्यापारिक कारोवार गर्ने कैयौं मुलुकहरु छन्। भारतको चीनसंग करिव ७० अर्व डलरको व्यापार घाटा छ। भारतमा चीनका दर्जनौं कम्पनीले अवौं डलर लगानी गरिसकेका छन्। भारतको समृद्धिकोलागि चिनिया लगानी र आर्थिक आधारको खाचोँ अति आवश्यक पर्दछ। जुन अमेरिकन कम्पनीहरुलेसमेत आटँ गर्न सक्दैनन्। भारतका मिडिया र केही स्वनामधन्य विज्ञहरुले जतिसुकै कोकोहोलो मच्चाएपनि भारतीय राजनीतिक र व्यापारिक क्षेत्रले राम्रोसँग बुझेको छ भारत र चीन एकअर्कामा कति गहन साझेदार भएका छन् र दुवैका बजार कति महत्वपूर्ण छन्। 

भारत र चीनबीचमा १९८८ यताका विभिन्न समयमा भएका समझदारीहरुले गर्दा त्यसयता सीमा क्षेत्रमा भयानक दूर्घटना हुन पाएको छ्रैन्। जुन १५ को घटनापछि दुवै देशका विदेशमन्त्रीहरु देखि विभिन्न स्तरमा छलफल भएपछि स्थिती सामान्य भईसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेपनि स्थिती खराव नभएको जनाउ दिएका छन्। 

अझैपनि भारतीय मिडियाहरु र स्वनामधन्य विज्ञहरुको क्रन्दन शक्तिशाली चीनले अहिले विषम अवस्थामा वर्वादै त पार्ने होईन भन्नेमा छ। रोचक कुरा त के छ विश्व पत्रकारिता जगतमा भारतीय मिडियाहरुको शैलीलाई निकै सस्तो, खराव र व्यावसायिकता भन्दा निकै परको मानिन्छ। भारतीय मिडिया र केही विज्ञहरुको झुण्ड तर्सिनु पर्दैन् अहिले भारत र चीन युद्धमा जादैंनन्। चीनकोलागि मुख्य प्रतिश्पर्धी  अमेरिका हो, त्यसपछिपनि अरु नै छन्। ढुक्क भए हुन्छ भारत दश नम्वरभित्रपनि पर्दैन् सामारिक प्रतिद्धन्द्धिताको दृष्टिकोणमा।