२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकको विरोधमा जसपाको प्रदर्शन, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले प्रदर्शन गरेको छ ।  

जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् । 

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ । 

माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरुले जातिय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए ।

प्रदर्शनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका उच्च पदस्थ नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हेरौ यी तस्विहरु