५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिन समिति बनाउन माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठक चल्न नदिएका हुन् ।

अब अर्को बैठक भोलि ३ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध जनाए ।

त्यसपछि पनि अवरोध जारी भएपछि सभामुख घिमिरेले भने ‘अब अर्को बैठक जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्नेगरी स्थगित हुन्छ ।’