३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो । त्यस्तै १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताउनुभयो ।

त्यसैगरी, आठ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उहाँले जनाउनुभयो । उहाँका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार ५७७ हेक्टर जमीन भएको कालीकोटमा २७ र दुई हजार ८०० हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाई भएको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाईंमा ढिलाई भएको जनाउनुभयो । मन्त्री केसीले भन्नुभयो, “कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषि कर्ममा क्रियाील हुन किसानहरुलाई अपिल गरिएको छ । यसअघि किसानहरुलाई खेती तथा धान रोपाईं कार्यमा कोरोनाले अन्योल बनाएपनि अब रोपाई कार्य तीव्र गतिमा जान्छ ।” 

उत्पादनका कार्यलाई निरन्तरता दिनुका साथै यसको वृद्धि गर्नेतर्फ ध्यान नदिइए निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने कुरालाई सचेत गराउँदै उहाँले कृषिसम्बन्धी सम्पूर्ण गतिविधिहरुमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाइ सो कार्यलाई नियमित राख्न किसानहरुलाई आग्रह गर्नुभयो ।