३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दाबन्दीमा जारी छ भित्री सडकका काम



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी रहेका बेला पनि भित्री सडक निर्माणका काम भने भइरहेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कोलमती खोला किनारबाट उत्तरवाहिनी जाने करिब दुई किमी सडकमा निर्माण कार्य जारी रहेको छ । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको ठेक्कामा यो सडक निर्माण भइरहेको छ । 

कार्यालयले यो सडकमा रु २६ लाख बराबरको कामका लागि ठेक्का गरेको थियो । बन्दाबन्दीको असहज अवस्थामा पनि काम जारी रहेको वाल निर्माणको ठेक्का पाएको राजरोज कन्स्ट्रक्सनका प्रबन्ध निर्देश्क मन श्रेष्ठले जानकारी दिनुभयो । तोकिएको समयमा जिम्मेवारीको काम सक्ने गरी काम भइरहेको पनि उहाँले सुनाउनुभयो । 

नगरपालिकाले प्राविधिक लगत स्टमेट गरी रु ५० लाख बजेट लाग्ने भनी प्रतिवेदन पेश गरेको सडकमा आधा कामका लागि मात्र कार्यालयले ठेक्का गरेको छ । आधा काम भएपछि के हुने भन्ने अझै निश्चित नभएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारले साना आयोजनामा पनि आधामात्र बजेट विनियोजन गर्दा वडाको वैकल्पिक सडक अलपत्र हुने देखिएको पनि उहाँले बताउनुभयो ।