११ श्रावण २०८३, सोमबार
,
Latest
वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा संसदको गतिरोध अन्त्य हुने छाँटकाट देखिएको छैन ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुसँग छलफल गरेका थिए ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु पनि छलफलमा जुटेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रबाट वर्षमान पुनले नेतृत्व गरेका छन् ।