२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

नेप्सेमा उछाल देखिएपछि कारोवार स्थगन

नेप्सेमा उछाल देखिएपछि कारोवार स्थगन
अ अ+ अ-

काठमाडौं । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ । 

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता समेत बजार दुई दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरियो । यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय ग¥यो । स्टकका अनुसार सोमबार बजार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो । 

बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगायो र आजका लागि कारोबार स्थगन भएको जनाएको छ । स्टकका अनुसार कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । प्रतिशतका आधारमा ६.०६ ले नेप्से बढोत्तरी भएको छ । नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६०.७५ मा पुगेको छ । कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत १५.६३ विन्दु अर्थात ६।१० प्रतिशतले बढेको छ । 

कूल १३४ कम्पनीको चार लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । स्टकले नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको जनाएको छ । कारोवार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो । दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार आजका लागि बन्द भयो । 

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूह मध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ । होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ७३.७२, व्यापार ६५.७३, विकास बैंक ६५.६६, जलविद्युत् ३९.७७, वित्त ४.९७, निर्जीवन बीमा २९६.१५, उत्पादन १२२.१७, अन्य २३.९७, लघुवित्त ७७.७ र जीवन बीमा ६३४.९८ बिन्दुले बढेको छ । 

कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ६४ लाख ३८ हजार ६० बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५२ लाख २३ हजार ७९०, साना किसान विकास बैंक रु एक करोड ६७ लाख ७१ हजार ६९८, शिवम सिमेन्ट रु एक करोड २६ लाख ३० हजार ८०७, नेपाल पुर्नबीमा कम्पनी रु ७० लाख १६ हजार ५९०, एनएमबी बैंक रु ६३ लाख ४३ हजार ६९७ र नबिल बैंक रु ६२ लाख दुइृ हजार ५८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार  आज नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । साल्ट टे«डिङ कर्पोरेशन ९.९८, विजय लघुवित्त वित्तीय संस्था ९.९८, हिमालयन डिस्टिलरी ९.९६ र साना किसान विकास बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । 

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनी ९.९४, ओरियन्टल होटल ९.७३, सानिमा इक्विटी फण्ड ३.८९, वेस्ट फाइनान्स कम्पनी २.२७, एनआइबिएल समृद्धि फण्ड एक १.९९ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयधरनीले १.९७ प्रतिशतले कमाएका छन् । बजारमा देखिएको उच्च वृद्धिले कोरोना पछि थला परेको अर्थतन्त्रलाई क्रमशः माथि लैजान बल पुग्ने टिप्पणी बजारमा गरिएको छ ।