३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आइतबार आफूलाई पदबाट हटाउन भारत लागेको भनी दिएको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ । मंगलबारको बैठकको सुरुमै पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् ।

त्यस्तै बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए । मंगलबारको बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन् ।

प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले स्थायी कमिटीमा स्पष्ट अल्पमतमा रहेका ओलीले आफूलाई हटाउन प्रचण्ड र माधव नेपाल पक्ष लाग्ने सम्भावना देखेर यस्तो अभिव्यक्ति दिएको आरोपसमेत लागेको छ ।