
काठमाडौँ । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको साइबर ब्युरोको अनुरोधमा पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही खुलाएको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्साल स्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको बुझिएको छ ।
त्यसैले पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ ।