२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको राजिनामा माग , बाह्यशक्तिको आडमा राजिनामा मागिएको प्रधानमन्त्रीको दावी



अ+ अ-

काठमाडौं । नेकपाको जारी स्थायी समितिको बैठकमा चार शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेता झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले सरकार र पार्टी संचालनमा ओली असफल भएको भन्दै राजिनामा माग्नु भएको हो ।  

प्रधानमन्त्री ओलीले  आईतबार भारतले आफुलाई हटाउन लागेको र आफनै दलका नेताहरु मतियार बनेको आरोप लगाएपछि आजको बैठकमा यस बिषयले प्रवेश पाएको थियो ।

बैठकमा दाहालले भन्नुभयो, तपाई असफल हुनुभयो भारतले हैन राजीनामा मैले मागेको हो ।  

दहालको अभिब्यक्ति पछि ओलीले भारतीय मिडिया  र कुटनीतिज्ञले बोल्ने भाषा र मुद्धा कसरी मिलेको छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।

दहालको भनाईमा सहमति जनाउदै अन्य तीन नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट राजीनामा दिनु पर्ने आवाज उठाएका थिए ।  

जसका कारण नेकपाको स्थायी समितिको बैठक झलै पेचिलो बन्दै गएको छ ।