काठमाडौं । नेकपाको जारी स्थायी समितिको बैठकमा चार शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।
प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेता झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले सरकार र पार्टी संचालनमा ओली असफल भएको भन्दै राजिनामा माग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले आईतबार भारतले आफुलाई हटाउन लागेको र आफनै दलका नेताहरु मतियार बनेको आरोप लगाएपछि आजको बैठकमा यस बिषयले प्रवेश पाएको थियो ।
बैठकमा दाहालले भन्नुभयो, तपाई असफल हुनुभयो भारतले हैन राजीनामा मैले मागेको हो ।
दहालको अभिब्यक्ति पछि ओलीले भारतीय मिडिया र कुटनीतिज्ञले बोल्ने भाषा र मुद्धा कसरी मिलेको छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।
दहालको भनाईमा सहमति जनाउदै अन्य तीन नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट राजीनामा दिनु पर्ने आवाज उठाएका थिए ।
जसका कारण नेकपाको स्थायी समितिको बैठक झलै पेचिलो बन्दै गएको छ ।