२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

कार्यसूचीमा प्रवेश नगरी सक्कियो नेकपा स्थायी समितिको बैठक

कार्यसूचीमा प्रवेश नगरी सक्कियो नेकपा स्थायी समितिको बैठक
अ अ+ अ-

काठमाडौं । मदन जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी समिति बैठक निर्धारित कार्यसूचीमा प्रवेश छलफल नगरी सकिएको छ ।

सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि मंगलबार स्थायी समिति सोही विषयमा केन्द्रित भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको बताउनुभयो ।

बैठकमा आज सीमा समस्या सम्बन्धी छलफल सकाएर कोभिड—१९ को विषयमा कार्यसूची रहेपनि छलफल हुन नसकेको उहाँले बताउनुभयो ।

‘‘सीमा समस्या सम्बन्धी बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी समितिले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धित विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो ।’’

उहाँले भन्नुभयो, ‘‘अर्को विषय २ दिन अगाडी निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने विषयमा स्पष्ट हुन छलफल भयो ।’’’

बैठकमा प्रधानमन्त्री ओलीले आफुले दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्नुभएको उहाँले बताउनुभयो । दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो, ‘म यहि पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यहि हो ।’

मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल लगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।

अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।