३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको ७००‍‍‍ औं‍‌‌ गोल तर बार्सिलोना बराबरीमा राेकियो



अ+ अ-

म्याड्रिड । लियोनल मेसी मंगलबार आफ्नो खेलजीवनको ७००‌औं‍‌‌ ‌ गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग  २–२ को बराबरीमा रोकिएको छ । यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ ।

क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।

लिगमा पाँच चरणको खेल बाँकी छँदा यो निर्णायक अग्रता साबित हुन सक्नेछ । दिनका अन्य दुई खेलमा सेभियाले लेगानेसलाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई ५–१ ले हराए ।