२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

काँग्रेस सांसद छन्त्यालको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुने

काँग्रेस सांसद छन्त्यालको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुने
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुने भएको छ । उनको आजै बिहान निधन भएको थियो । बागलुंग जिल्लाको तमानखोला गाउँपालिका वडा नम्वर, ५ खुंखानीमा जन्मभइ बाग्लुड जिल्सा क्षेत्र नं २ नेपाली कॉग्रेस पार्टीको तर्फबाट २०७० सालको संबिधान सभा निर्बाचनमा निर्बाचित सभासद तथा हाल समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उनेरमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

उहाँ गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसबारीमा उपचाररत रहेका बखत आज बिहान निधन भएको हो ।  उहाँको असमायिक निधनले नेपाली कांग्रेस पार्टी बागलुड र सिंगो नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस बागलुंगका नेता द्रोण कुँवरले बताएका छन् ।

नेता कुँवरले सांसद छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । त्यसैगरी नेपाली काँग्रेस बागलुंगका नेता तथा कार्यकर्ताहरुले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता कुँवरसहित जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ताहरुले यस दुःखद घडीमा परिवारजनमा पर्न गएको अपुरणीय क्षतीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।