१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी क्यालिफोर्नियामा वार्षिक चङ्गा महोत्सव आयोजना



अ+ अ-

लस एन्जेलस । लस एन्जेलसको रेडोन्डो बिच पियरमा आइतवार हजारौं मानिसहरू चङ्गाको ४८ औं वार्षिक उत्सवको लागि भेला भएका थिए । चरा, चील, निगल, राजकुमारी र अन्तरिक्ष रोबोटहरूसहित विभिन्न आकारका सयौं चङ्गाहरू आकाशमा उडिरहेका थिए । उत्कृष्ट हातले बनाएको चङ्गा, सबैभन्दा बढी उड्ने चङ्गा र कान्छो व्यक्तिले उडाएको चङ्गालाई पुरस्कार प्रदान गरिएको थियो ।

संयुक्त राज्य अमेरिकामा सबैभन्दा लामो समयसम्म चल्ने काइट फेस्टिभल मध्येको एक वार्षिक उत्सवमा प्रत्यक्ष सङ्गीत, स्थानीय नृत्य र मार्शल आर्ट डेमोहरू पनि रहेका थिए । टोरेन्समा बस्ने स्थानीय बासिन्दा क्याथी स्मिथले चिनियाँ एनिमेटेड टेलिभिजन शृंखला “प्लेजन्ट गोट एन्ड बिग बिग वुल्फ“ मा एक पात्रको रूपमा बाख्राको आकारको चंगा उडाइन्, जुन सन् २००५ मा डेब्यु गरेपछि चिनियाँ बालबालिकामा निकै लोकप्रिय भएको थियो ।

चङ्गा महोत्सवले वसन्तको सुरुवातको प्रतीक भएको स्मिथले सिन्ह्वालाई भनिन्, वार्षिक कार्यक्रममा भाग लिनु उनको यो तेस्रो पटक हो । (रासस/सिन्ह्वा)