२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बैठक रोकेर सम्बाद गर्न ओलीलाई निटकवर्तीको सुझाब

बैठक रोकेर सम्बाद गर्न ओलीलाई निटकवर्तीको सुझाब
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई स्थायी समितिको बैठक केही समय रोकेर शिर्ष तहमा संम्बाद गरी समस्यालाई सल्टाउनका लागि उहा निकट ब्यक्तिहरुले सुझाब दिएका छन् । आज बिहान केही मन्त्री , सासद  स्थायी समितिका सदस्यहरु संगलको छलफलका क्रममा सहभागिहरुले सम्बादको प्रक्रियालाई अघि बढाउन सुझाब दिएका हुन् ।  

प्रधानमन्त्रीले आफुलाई चारै तीर बाट घेराबन्दी गरेको  भन्दै सहयोगको लागि आग्रह गरेपछि सहभागिहरुले शिर्ष तहमा सम्बादका लागि सुझाब दिएका हुन् ।   

नेकपा कठिन मोडमा पुगेको भन्दै शहभागिहरुले बिवेकपूर्ण निर्णय  गर्न सुझाब दिएका थिए ।  छलफल पछि पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक संञ्जालमा लेख्नुभयो पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक् छ । 

सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ । 

छलफल पछि भट्टराईले लेखेजस्तै शिर्षतहमा बिग्रिएको सम्बन्धलाई  पुन जोड्नका लागि दोश्रोतहका  केही नेताहरुले निकै प्रयास   गरिरहेका छन् ।  हठि स्बभाबका कारण हत्तपत्त पछाडी हट्न नचाहाने ओली आफनो अभिमानमा पनि ठेस नलागोस भन्ने उपाएको खोजी गर्दे अत्तिम सम्म भिड्ने तर आफू तल नै पर्ने अबस्था आए सहमतिका लागि पहल गर्ने मुडमा रहेको छलफलमा रहेका एक सदस्यले जानकारी दिए ।