३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक स्तरोन्नति गर्न माग



अ+ अ-

रामपुर, (पाल्पा) । पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरुले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुङ्गानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवातजावत गर्नेले सास्ती भोग्नुपरेको छ । नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छभने पाल्पा खण्डका भागमा स्तरोन्नतिको काम भएको छैन ।

करिब पाँच दशकअघि नक्सा तयार भएर सडक मार्ग ९ट्रयाक० खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नतिको काम हुनसकेको छैन । सो सडकखण्ड भएर यात्रा गर्ने यात्री तथा स्थानीयवासीले झमेला बेहोर्नुपरेकाले सडक स्तरोन्नति छिटो गर्न माग गर्दै गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको युवा कमल सारुले बताउनुभयो ।

‘निस्दीलाई विकास भिरमाथिको फल बन्यो, निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरोन्नतिमा किन ढिलो, जनतालाई सास्ती भो’जस्ता लेखिएका प्लेकार्डसहित युवाले कार्यालयमा धर्ना दिएका हुन् । आगामी बजेटबाट सरकारले यस सडकखण्डलाई प्राथमिकता दिएर स्तरोन्नतिको काम गर्नुपर्ने युवाको माग छ ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यो सडक सङ्घ सरकारको मातहतमा रहेकाले प्रदेश र गाउँपालिका आफैँले खर्च गर्न नपाउने हुँदा स्तरोन्नतिको काम नभएको हो । दुई प्रदेशलाई जोड्ने सहज पहुँचमार्गको सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भइरहेको छ । सडकखण्डलाई प्राथमिकतामा राखेर सङ्घीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ ।

उहाँले सम्बन्धित निकायमा जानकारी गराउने र छिटोभन्दा छिटो सडक स्तरोन्नतिको माग गर्ने जानकारी दिनुभयो । सडक स्तरोन्नतिका सम्बन्धमा जनस्तरबाट सरोकारवाला निकाय तथा व्यक्तिलाई पटकपटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि समयमै दिगो र प्रभावकारी काम हुन नसक्दा स्थानीय, यात्री तथा व्यवसायीले कष्टसँग यात्रा गर्न बाध्य बनेका छन् ।

क्षतिग्रस्त सडकखण्डको तत्काल अनुगमन गरी मर्मतसम्भार, उचित ढल निकास गर्दै सडकको दीर्घकालीन स्तरोन्नति र उपयुक्त समय सीमा निर्धारण, बाह्रै महिना सडक सञ्चालन गर्न नियमित मर्मत, आगामी बजेटबाट यस सडकखण्डलाई विशेष महत्वका साथ पर्याप्त बजेट विनियोजन, काममा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका सम्बन्धमा पालिकाबाट नियमित अनुगमन तथा निगरानी गर्न युवाहरूले ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएका छन् । रासस