५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला पुगेर पूर्वयुवराज्ञी हिमानी र हृदयेन्द्र शाहले के गरे ?- फोटो फिचरसहित



अ+ अ-

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले जुम्मा पुगेर सिंचाइ पोखरीको उद्घाटन गर्नुभएको छ ।

समुद्री सतहबाट २३०० मिटरभन्दा माथि जुम्लामा हिमानी र हृदयेन्द्रले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गर्नुभएको हो ।

राजी राणा तथा प्रभुशमशेर जबरा राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बताउनुभएको छ ।

यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने छ ।