९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उहाँ मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिनुभएको हो ।

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उहाँले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताउनु भयो ।

गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निश्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिषा, भिजिट भिषालाई हामीले छोड्न चाहन्थ्यौं तर यो भिजिट भिषाले हामीलाई छोडेन । त्यसैले हामीले यसलाई पक्डीरहेका छौं । यो बारेमा म पनि आज केही कुरा राख्न चाहन्छु । भिजिट भिषा प्रकरण नेपालमा एक नयाँ मानव तस्करी काण्डका रुपमा देखापरेको छ । त्यसैले यो गम्भीर र रहस्यमय पनि काण्डको रुपमा देखापरेको छ । त्यसैले यसलाई माथिल्लो स्तरबाट छानविन गरिनुपर्छ भनेर हामीले माग गरेका छौं ।

यसै सन्दर्भमा माननीय गृहमन्त्रीज्यु इमान्दार हुनुहुन्छ, नैतिकवान पनि हुनुहुन्छ उहाँको नैतिकता र इमान्दारितामा हामीलाई विल्कुल शंका छैन । तर उहाँको मातहतमा रहेको अध्यागमन कार्यालयबाट जे जस्ता मानिसहरु त्यहाँ गएका छन् र उहाँको सचिवालयमा जे जस्ता मानिसहरु छन् ती सबै मानिसहरुको इतिहास हेर्दा विभिन्न प्रकरणमा डामिएका छन् । त्यस्तो मान्छे नै गृहमन्त्रीज्यूको छनोटमा किन पर्यो ? हाम्रो प्रश्न त्यही हो । हामीले गृहमन्त्रीले बदमासी गर्नुभएको छ भनिरहेका छैनौं । हामीलाई त्यस्तो लाग्दैन । हाम्रो यो चाहना पूरा होस् हामी चाहन्छौं । तर व्यवहारहरुले, तथ्यहरुले र घटनाहरुले त्यो पुष्टि गर्दैन । त्यसकारण आफू नैतिकवान र इमान्दार हुनुहुन्छ भनेर प्रमाणित गर्नका लागि पनि मार्ग प्रशस्त गरिदिनुपर्ने हुन्छ ।

यतिबेला प्रतिनिधिसभामा अलिकति गृहमन्त्रीको राजीनामाबाट थोरै पछि हटेर प्रतिपक्षका साथीहरु संसदीय छानविन समिति भएमा उहाँको राजीनामा माग नगर्ने भन्नेकुरा राखिरहनुभएको छ । यद्यपी त्यस विषयमा टुंगो नलागे पनि करिब करिव सहमति बनेको भन्ने चाहिँ हो । यदि त्यस्तो हो भने चाहीँ हामी त्यो कुरा छोड्न सक्छौं होइन भने उहाँले निश्चित रुपमा राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने हुन्छ । उहाँ पदमा रहेसम्म निश्पक्ष छानविन हुनसक्दैन, कुनै न कुनै प्रकारले त्यो निकाय उहाँबाट प्रभावित भइहाल्छ । त्यसो नहोस् भन्नका लागि पनि

उहाँले सहज बनाइदिनुपर्ने हुन्छ । जुन प्रकारको गम्भीरता यो प्रकरणमा देखिएको छ, त्यतिले पुग्दैन । माथिल्लो तहबाट छानविन हुनुपर्छ । त्यसैले यो छानविन प्रकरणलाई अध्यागमन कार्यालयमा रहेका कर्मचारीहरु जसको नेतृत्वमा तीर्थराज भट्टराई भन्ने व्यक्ति हुनुहुन्थ्यो त्यो व्यक्तिहरुलगायतको छानविनका लागि पनि सहज वातावरण बनाइदिनुपर्ने हुन्छ । त्यसकारण नै हामीले गृहमन्त्रीको राजीनामा माग गरेका थियौं ।’

उहाँले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पार्नुभयो ।