१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ ।

सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताउनुभएको हो । गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भयो । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताउनु भयो । उहाँले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गर्नुभयो ।

मन्त्री राईले भन्नुभयो, ‘समस्या समाधान गर्दै जाऔँ । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ति कुराहरु पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौँ । संविधान अकाट्य भनेर भनेका छैनौँ । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ । केही सीमाना हामीले गुमाउनु परे पनि हामी जे होस्, स्वतन्त्र दिवस मनाउनु नपर्ने हाम्रो देश यसलाई गौरव मानौँ । हाम्रो इतिहास र वीरताको कहानी छ ।’

मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताउनु भयो । उहाँले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताउनु भयो ।




भर्खरै