९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

१०० औं हप्तामा रैथाने कृषि हाटबजार

१०० औं हप्तामा रैथाने कृषि हाटबजार
अ अ+ अ-

काठमाण्डौं । “गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा” पुर्याउने उद्देश्य लिएर आयोजना गरिएको रैथाने कृषि हाटबजार १००औं हप्तामा सञ्चालन भएको छ ।

१०० औं हप्तामा प्रवेश गरेको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यतामा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रैथाने कृषि बाली, परम्परागत सिप र ज्ञानहरूको संरक्षण, प्रवद्र्धन र बजारीकरण मार्फत रोजगार सृजना गर्ने, नेपाली मौलिक साँस्कृतिक खानाहरूको प्रवद्र्धनमा टेवा पुर्याउने र उत्पादित वस्तुहरूको उचित बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूको सहभागितामा २०८० श्रावण १ गतेदेखि प्रत्येक शनिवार साप्ताहिक रुपमा बिहान ६–१२ बजेसम्म ओरिएन्ट क्याफे परिसर दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालन हुँदै आइरहेको छ ।

रैथाने कृषि हाटबजारको आयोजना तथा व्यवस्थापन ओरिएण्ट क्याफे दरवारमार्गसँगको सहकार्यमा रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि.ले गरेको हो । रैथाने एग्री प्रडक्ट्स् नेपालले उत्पादक किसानसँग सम्पर्क, समन्वय, सहजीकरण, बजार व्यवस्थापन, प्रचार प्रसार, परामर्श सेवा र अभिमुखिकरण आदिमा सहजीकरण गरेको छ भने ओरियन्ट क्याफेले नि:शुल्क रुपमा हाट बजार सञ्चालनको लागि स्थान, पिउने पानी, बैठक हल उपलब्ध गराएको छ । त्यसैगरि डेरी एशोसिसन नेपाल आगन्तुकलाई नि:शुल्क मोहीको व्यवस्थाको निम्ति यही उपलब्ध गराउँदै आएको छ ।

यस कृषि हाटबजारमार्फत विषादी रहित रैथाने, स्थानीय कृषि उत्पादनहरूको मात्र बजारीकरण गरिने हुनाले जैविक उत्पादनको प्रवद्र्धन भई स्वच्छ वातावरण, स्वस्थ्य जीवन जीउने अभियानमा मद्दत पुगेको आयोजक संस्थाको दावी रहेको छ । साथै कृषि जैविक विविधता संरक्षण तथा आत्मनिर्भर कृषि व्यवस्थापन भई देशको संवृद्धिलाई समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

साप्ताहिक रैथाने कृषि हाटबजार

साप्ताहिक हाटबजारमा बिक्रि गरिने सामग्रीहरुको मापडण्ड बनाईएको छ, जुन मापदण्डको आधारमा बस्तुहरू बिक्री गर्ने अनुमति दिईने गरिएको छ । रैथाने वा स्थानीय उत्पादन भएको, रासायनिक वा विषादि प्रयोग नगरेको स्वदेशी उत्पादन, आफैँले बिक्रि गर्ने आदि रहेका छन्। कुनै उत्पादक वा उद्यमीहरूले माथिका मापडण्डहरू पुरा गर्ने गरि समितिको स्वीकृतिमा स्टल उपलब्ध गराईने व्यवस्था मिलाईएको छ । त्यसै गरि युवा र महिला उत्पादक तथा उद्यमीलाई आफ्ना उत्पादन विक्रि गर्न प्राथमिकता एवं प्रोत्साहन गरिएको छ ।

उक्त हाटबजारमा ५६ जिल्लाका कृषक प्रतिनिधिहरूको औषत ३५ वटा विभिन्न उत्पादनहरूको स्टल रहने गरेको, प्रारम्भ देखि १०० हप्तासम्म महिला र यूवाहरुको उल्लेख्य सहभागिता रहेको र एकल महिलाको समेत सहभागिता रहेको कुरा आयोजक संस्थाका अध्यक्ष तिलकबहदुर ढकालले बताए ।

यस हाटबजारमा बिक्रिका लागि मुख्यतया ९ समूहका सामग्रीहरू रहेका छन्। तरकारी, फलफुल, गेडागुडी, पिठो एवं सातु, अचार, मस्यौरा, दुग्धजन्य, मासुजन्य उत्पादन, हस्तकला र रैथाने परिकार आदि थिए । हरियो तरकारी तर्फ, एकीकृत कीट व्यवस्थापन (आईपिएम) र जैविक विधिबाट उत्पादित मौषमी तरकारी बिक्रि हुने गरेको छ ।

फलफुलमा स्थानीय जातको केरा, मौसम अनुसारको फलफुल जस्तै स्याउ, मेवा, आँप, कागती, ड्रागन फल आदि विक्रि हुने गरेकोछ भने जंगली फलफूल पनि रुचाईएको छ। गेडागुडी तर्फ सिमी, भटमास, दाल रहेका छन् ।

घट्टमा पिसेको कोदो, मकै, फापर, गहुँ, चिनी र कागुनो पिठो पनि ग्राहकहरुले अत्यधिक रुचाउने गरेका संस्थाका प्रबन्ध निर्देशक शङ्कर गौतमले बताए । त्यसै गरी अन्य उत्पादनमा घरेलु अचार, घिउ, नौनी, चिज, पनिर, सिताके च्याउ र हस्तकलाका सामग्रीहरू लगायत खाद्य परिकार तर्फ फापर र कोदोको म:म: चिनो, कागुनो सेल रोटी रहेका बताए ।

त्यस बाहेक, भुटेको स्थानीय मकै, सिरौला, खट्टे, मुङ, मेथीको टुसा, पिनट बटर, लप्सी केण्डी, जडिबुटी एवं औषधियुक्त सामग्री (यार्सा गुम्बा, सिलाजित, ओखरको तेल, भिर मह) र पञ्चगव्य धुप यस हाटबजारमा बिक्रि हुदै आएको छ ।

रैथाने कृषि हाटबजारमा प्रत्येक हप्ता औषत ३५ वटा स्टलबाट ३०० देखि ४०० जना ग्राहकहरूले रैथाने सामाग्री खरिद गर्ने गरेका आयोजकले जानकरी गराए ।

रैथाने कृषि हाटबजारका अन्य कृयाकलापहरू: आयोजक संस्थाका अध्यक्षले छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरूलाई स्वागत गर्दै रैथाने हाटबजारले सयौं हप्ता पूरा गरिरहँदाको अवस्थामा आईपुग्दा निम्न कार्यहरू गर्दै आईरहेको जानकरी गराए।

पुरस्कार तथा उपहार: उद्यमी तथा उत्पादकहरूको हौसला बढाउन निश्चित सुचकको आधारमा समितिले उत्कृष्ट उद्यमी तथा उत्पादकहरू छनौट गरि पुरस्कृत गर्दै आएको छ । त्यसै गरि ग्राहकको पनि हौसला बढाउन ग्राहकले कुनै स्टलबाट सामान किन्दा एउटा कुपन उपलब्ध गराईने र उक्त कुपन मध्ये गोला प्रथाबाट एक जनालाई पुरस्कार दिने व्यवस्थालाई निरन्तरता दिईएको छ ।

नि:शुल्क महीको व्यवस्था: ग्राहक, उद्यमी तथा उत्पादकहरुलाई प्रत्यक्ष मही तुलाएर निशुल्क खुवाउने व्यवस्था गरिएकोछ । त्यसका लागि नेपाल डेरी एशोसियशनले हरेक हप्ताको हाटबजारमा निशुल्क दहीको व्यवस्था गरेको छ ।

स्वास्थ्य शिविर: रैथाने कृषि हाटबजारमा करिव १ महिनासम्म सामान्य स्वास्थ्य जाँच, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएकोछ । त्यसै गरि प्राकृतिक चिकित्सा जाँच एवं परामर्श सञ्चालन भएको छ ।

रैथाने प्रवद्र्धनका लागि छलफल तथा अन्र्तकृया: रैथाने उत्पादनहरूको प्रवद्र्धनमा टेवा पुरÞ्याउने हेतुले सरोकारवाला, विषयगत विज्ञहरुबिच विभिन्न समयमा ग्रामिण पर्यटन प्रवद्र्धनका लागि, रैथाने ज्ञान, सिप, प्रविधिहरूको जगेर्ना, रैथाने संरक्षण र प्रवद्र्धनमा स्थानीय निकायको भूमिका, रैथाने संरक्षण र प्रवद्र्धनमा नीति सम्वाद, रैथाने हाटबजारको स्थायित्व, आदि विषयमा छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरिसकिएको छ ।