२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताउनुभएको छ ।

काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आईतवार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेलाडीले गौरव गर्नेगरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नेपाली खेलाडीहरू खेलेको खेल नेपालीहरूले आँखा नझिम्काई हेर्ने गरेको जिकिर गर्नुभयो । मन्त्री पौडेलले खेलाडीहरूसँग कुनै नाता तथा निजी सम्बन्ध केही नभए पनि देशको सम्बन्ध रहेको बताउँदै नेपाली खेलाडीहरूले जित्दा आफ्नो इज्जत बढ्छ भन्ने लाग्ने बताउनु भयो । उहाँले विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुने बताउँदै युवालाई विधिवत् ढङ्गबाट प्रतिष्पर्धाको पद्धति अभ्यास गर्न खेलकुदले सिकाउने धारणा राख्नुभयो । उहाँले खेलकुदले समाज जोड्ने काम गर्ने बताउँदै राष्ट्रिय एकता समेत प्रश्तुत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुन्छन् । आम युवालाई प्रतिष्पर्धाको पद्धति विधिवत ढङ्गबाट अभ्यास गर्न खेलकुदले सिकाउँछ । समाज जोड्ने काम खेलकुदले गर्छ । राष्ट्रिय एकता प्रश्तुत गर्ने काम खेलकुदले गर्छ । नागरिकलाई एकै ठाउँमा गौरव गर्नेगरी खेलाडीले नागरिकलाई जोड्न सक्नुहुन्छ । नेपालको खेलाडी कुनै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जानुभएको छ र खेलिरहनुभएको छ भने त्या लाइभ अवधि भरी आँखा नझिम्काई हामी नेपालीले हेरिरहेका हुन्छौँ । तपाईंहरूले गोल हान्न लाग्नुभयो भने हामी यहाँ उफ्रिरहेका हुन्छौँ । तपाईंसँग कुनै नाता त पर्दैन, निजी सम्बन्ध त केही छैन तर देशको सम्बन्ध छ । तपाईंले जित्दा मेरो इज्जत बढ्छ भन्ने मलाई लाग्छ । त्यसैले तपाईं त्यो गौरव दिने पात्र हुनुहुन्छ ।” 

उहाँले खेल खेल्नको लागि खेलाडीहरूको स्वास्थ्य राम्रो हुनुपर्ने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिन जरुरी रहेको बताउनु भयो ।