९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास
अ अ+ अ-

गण्डकी । लमजुुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन एवं अन्वेषण गरी घोषणा गरिएको गुुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ । कास्की, लमजुुङ र मनाङका विभिन्न भागहरू समेटिएको यस पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुुर्जु, दुधपोखरी, गुुरुङ देउरालीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेटेको जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

पदमार्गअन्तर्गत लमजुुङका प्राचीन गाउँहरूलाई समेट्दै यिनीहरूको प्रवर्द्धन गर्न खोजिएकोे उहाँले जानकारी दिनुभयो । सङ्घले चरणबद्ध रुपमा खोज अन्वेषण र प्रवर्द्धन गर्दै सन् २०२६ देखि यो पदमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष किसम कुमारी गुरुङले जानकारी दिनुभयो ।

सङ्घले तेस्रो चरणको कायक्रमअन्तर्गत शुक्रबारदेखि नेपाल पर्यटन बोर्ड, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दी हुँदै दुधपोखरी, लमजुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्सिङडाँडा लगायतका स्थानलाई पदमार्गका रुपमा समेट्ने गरी खोज तथा अन्वेषण सुुरु गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुुसार गुरुङ सम्पदा पदमार्गका रुपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ आयोजित यस चरणको कार्यक्रममा पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ–भुजुङ– घनपोखरा–राप्रुजु–क्युपारा–थुर्जु–दुधपोखरी÷गुरुङ देउराली–को ब्रोखर्का–सिउरुङ– हर्सिङडाँडा हुँदै पुनः पोखरासम्मको खोज अनुसन्धानात्मक पदयात्रा गरिने छ ।

पदमार्ग प्रवर्द्धन टोलीलाई सिङ्दीमा स्वागत गर्दै सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुुरुङले आँफूहरूले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने बताउनुुभयो । यहाँका कूल दुई सय ३५ घरमध्ये २० वटा घरमा घरवास सञ्चालन भएको जानकारी दिँदै उहाँले २०७६ सालदेखि सुरु गरिए पनि औपचारिक दर्ता भने २०८१ मा मात्र भएको जानकारी दिनुभयो ।

सिङ्दीमा दैनिक तीन सय जनासम्म पर्यटकलाई घरवासमा राख्न सकिने बताउँदै उहाँले स्थानीय उत्पादनको स्वादसँगै यहाँको प्रकृति र संस्कृतिको भरपुर उपयोग गर्न पाउने बताउनुुभयो । अन्य गाउँमा जस्तो बसाइसराइको अवस्था सिङ्दीमा नरहेको बताउँदै उहाँले पदयात्रा पर्यटनलाई घरवाससँग जोड्दै धेरैभन्दा धेरै पर्यटकलाई गाउँमा भित्र्याउने योजना रहेको बताउनुभयो ।

सिङ्दीमा खानेपानी लगायतका सुविधा सहज रुपमा उपलब्ध भइरहेको क्होलासोँथर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले बताउनुभयो । घरवासमा आएका पर्यटकलाई उहाँहरूको इच्छाअनुुसार कागुनोको भात, कोदो तथा मकैका परिकार आदि उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ ।

प्राचीन कालदेखि मिलेर बसेको सुन्दर बस्तीलाई पदयात्रा पर्यटनसँग जोड्दै यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँस्थित गुम्बा, देवीस्थान मन्दिर आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । सोरठी, घाँटुु, कृष्णचरित्र जस्ता संस्कृतिहरू विद्यमान रहेको उहाँले जानकारी दिनुभयो । सिङ्दीबाट पर्यटकीयस्थल कर्पुुडाँडालाई पदमार्गमार्फत जोड्ने गरी यहाँको करिब एक हजार तीन सय मिटर सिँढी निर्माण गरिएको र बाँकी बोटोलाई जोड्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

पर्यटकीय नगरी पोखराबाट दैनिक सार्वजनिक यातायात सञ्चालन भैरहेको सिङदीमा आउन करिब चार घण्टा लाग्दछ । सिङ्दीबाट पोखरा जोडिने सडकलाई व्यवस्थित गर्न भने जरुरी रहेको उहाँको भनाइ छ ।