२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा



अ+ अ-

जनकपुर ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताउनुभएको छ ।

जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताउनु भयो । उहाँले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताउनु भयो । राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ । अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्वपूर्ण ठाउँ हो जनकपुर । जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला । त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो । अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ । मधेस प्रदेशको नाम त जनक प्रदेश राखेको भए भइहाल्थ्यो नि । मधेस प्रदेशको नाम त जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो । जनक सानो राजा होइनन् । राजा जनकको कुरा सिंगापुर, मलेसिया सबै ठाउँमा जनकको पहिचान छ । कम्बोडियामा जनकको राजधानी रहेको पनि मानिन्छ । थाइल्याण्डको राजा त जनककै सन्तान भन्ने पनि गरिन्छ ।’

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताउनु भयो ।