१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौंः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताउनुभएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताउनु भयो ।

अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गर्नुभयो । अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनु भयो । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘यस पटक हामीले सदनबाट संस्कृति नीति पास गर्दैछौँ । अहिलेको समसामयिक हाम्रो अवस्था, वर्तमान र सामयिकतालाई त्यसले बोकेर हिँड्ने गरी हामीले संस्कृति नीति बनाएका छौँ । अहिले अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा छ । यो सबै अभौतिक विषयवस्तुहरु हुन् । यि अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा हामी अघि बढेका छाँै । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान छ । यि प्रतिष्ठानका माध्यमबाट हाम्रा सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताउनु भयो । प्रकृति र संस्कृति नेपालको सम्पती भएको बताउनु भयो । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताउनु भयो ।