३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको तलव नबढाएसम्म भ्रष्टाचार रोकिँदैनः सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उहाँले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताउनु भयो । बस्नेतले देशमा महँगी, कालोबजारी बढेको बताउँदै यातायात र शिक्षाको महँगी कारणले कर्मचारीहरू बाच्नै समस्या हुने जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार दुई किसिमको हुने बताउँदै पहिलो मानसिकताबाट र दोस्रो भोको पेटका कारण हुने बताउनु भयो । उहाँले भोको पेटले देशमा काम नहुने बताउँदै कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कर्मचारीले काम गरेन, कर्मचारीहरू काम गर्दैनन्, कर्मचारीहरू भ्रष्ट भए भन्ने कुरा यहाँ धेरै सुनियो । साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? देशको जुन आकासिएको महँगी छ, कालोबजारी छ, कर्मचारीको तलब स्केल हेर्यौ । प्रहरी, सेना, सशस्त्रको तलब स्केल हेरौँ । प्राइभेट सेक्टरको तलब स्केल हेरौँ, पब्लिक सेक्टरको तलब स्केल हेरौँ, त्यसले खान पुग्छ ? नेपालको तलबको रेन्ज २६ हजारदेखि ८० हजार भन्दा माथि छैन । त्यो रेन्जले बाँचेर खान पुग्छ ? भ्रष्टाचार दुई किसिमको हुन्छ । मानसिकताबाट भ्रष्टाचार, त्यो गरिबी होस्, धनी होस् त्यसले भ्रष्टाचार गर्छ । अर्को, भोको पेटले भ्रष्टाचार गर्छ । घर भाडा यस्तो महँगो छ, यातायात, शिक्षा यस्तो महँगो छ, अनि कसरी बाच्ने हो कर्मचारीले ? हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिँदैन । मलाई लाग्छ, भोको पेट यो देशमा काम हुँदैन । हामीले कर्मचारीको सेवा सुविधा बढाउनै पर्छ ।”  

उहाँले सरकारले ल्याएको बजेट केबल सत्तारुढ दलको दस्ताबेज मात्रै नभई साझा राष्ट्रिय आकांक्षाको प्रतीक रहेको दाबी गर्नुभयो ।