११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ सफल बनाउन सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ सफल बनाउन सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’लाई सफल बनाउनको लागि सरकार पूर्ण रूपमा सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न तथा पर्यावरण संरक्षणको मुद्दामा उक्त सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने समेत बताउनु भयो । मन्त्री ठकुरीले हिन्दकोष हिमालय भएका देशहरुमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरिरहेको हिमाल संरक्षणको मुद्दालाई संसदीय गतिविधिमा जोड्नको कृषि समितिले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ गर्नको लागि नेपाल सरकारको तर्फबाट पूर्णरुपमा सहकार्य र सहयोग रहनेछ । मन्त्रालय यसका लागि पूर्णरुपमा प्रतिवद्ध छ ।  वन मन्त्रालयले यस सम्मेलनलाई सफल बनाउनको लागि पूर्ण सक्रियता र सहभागिता देखाउँनेछ । मिति समेत तय भइसकेको हुनाले आजकै मितिबाट तिब्रताका साथ तयारी अघि बढाऔँ । जहिले पनि अन्तर्राष्ट्रिय मञ्चमा गएर मात्र सहभागि जनाउने हाम्रो परिस्थिति थियो । अब नेपालले पनि ठुला ठुला कार्यक्रम गर्नसक्ने कुराहरु सगरमाथा संवाददेखि यो कार्यक्रमले पनि प्रमाणि गर्नेछ ।’

बैठकमा राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालले जलवायु परिवर्तनको असर केवल एक देशको विषय नभएको उल्लेख गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले हिमालमा मात्र नभई तटीय क्षेत्रमा समेत प्रभाव पार्ने उल्लेख गर्दै प्रमाणका आधारमा वकालत गर्नुपर्ने बताउनु भयो । उहाँले सम्मेलन आयोजना गर्न संसदीय समितिद्वारा गरिएको पहल सकारात्मक रहेको र एसिमोडसँगको सहकार्यले त्यसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषयवस्तु कुनै एक देशको विषयवस्तु मात्र रहेन । त्यसकारण हाम्रो मात्र विषय वस्तुले काम गर्दैन । विभिन्न सरकारहरुबीच सहकार्य आवश्यक छ । हिमाली क्षेत्रमा हुने पर्यावरणीय परिवर्तनको असरको मात्र कुराकानी होइन तटीय क्षेत्रसम्म पुग्छ । त्यसो भएको हुनाले प्रमाणमा आधारित भएर वकालत नगरिकन हुँदैन । त्यसकारण एसिमोडसँगको सहकार्यमा संसदीय समितिले गरेको यो शुरुवात असाध्यै राम्रो छ ।’

आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ हुने भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो ।