३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरुलाई सांसद श्रेष्ठको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरुसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको बताउनु भयो । उहाँले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भएपनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताउनु भयो । शिक्षकहरुका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गर्नुभयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको छ । पटक पटक सहमति गर्नुभएको छ । लागू भएको छैन । यो पटक तपाईंहरुले नछोड्नु होला । यो पालि गज्जवसँग सहमति गर्नुभएको छ । जति प्राप्त गर्नुभएको छ, त्यो पूरा गर्ने काममा लाग्नुस् । पूर्वशिक्षामन्त्रीको, जनप्रतिनिधिको हैसियतले यहाँहरुलाई पूरा सहयोग हुनेछ । वर्तमान सरकारको शिक्षामन्त्रीसहित भएको र सत्तारुढ पार्टीकै एक जना जनप्रतिनिध भएको नाताले भनेको छु । अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ ।’

अधिकार मागेर नपाइने भन्दै खोसेर लिनुपर्ने बताउनु भयो ।