९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरू गर्दा धेरैले उहाँको निर्णयलाई हल्कासँग लिएका थिए । दूध बेचेर पनि कमाइ हुन्छ र रु भनेर अनेक तर्कवितर्क गरिन्थ्यो । तर समयले प्रमाणित गरिदियो, साँचो लगनशीलता र मेहनतले कहिल्यै धोका दिँदैन ।

“सुरूमा साथीभाइले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे”, ललित भन्नुहुन्छ, “म व्यावसायिक कार्य गर्न दृढ थिएँ, मेहनत गर्छु, केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेँ, यही अठोटले आज दुग्ध व्यवसायीका रूपमा चिनायो ।”

सुरूमा गाउँगाउँ घुमेर ललितले ५० लिटर दूध साइकलमा बोकेर महेन्द्रनगर बजारमा लगेर बेच्नुहुन्थ्यो । हाल ललितले झलारी बजारमा डेरी व्यवसाय सुरू गरी दैनिक एक हजार १०० लिटर दूध खपत गर्नुहुन्छ । दुई सय किसानले ल्याएको दूध उहाँको डेरीमा खरिद हुने गरेको छ ।

रु दुई करोड ५० लाख डेरी व्यवसायमा उहाँले लगानी गर्नुभएको छ । डेरीबाट दूध, दही बिक्री गर्ने कार्यसँगै लालमोहन, पेँडा, बालमिठाइ, रसबरी, मिल्क केक, लज, लस्सी, मोही, नौनी र घ्यू उत्पादन गरी बिक्री हुने गरेको छ । वर्षमा रु तीन करोडभन्दा बढी डेरी व्यवसायको कारोबार हुने गरेको छ । व्यवसायकै कमाइबाट उहाँले रु एक करोड २० लाखमा बजार क्षेत्रमा तीनतले घर निर्माण गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “दुई दशकअघि व्यवसायी बन्ने सपना सफल भएको छ ।” डेरी व्यवसायमा पाँच जनालाई उहाँले रोजगारी पनि दिनुभएको छ ।

“सुरूमा व्यवसाय सञ्चालन गर्दा ५० लिटर दूध बिक्री गर्न पनि समस्या हुन्थ्यो, स्थनीय बजारमा खपत हुँदैन्थ्यो”, उहाँले भन्नुभयो, “महेन्द्रनगर पुर्याएर बेच्न थालेपछि खपत बढ्दै गयो, त्यसपछि सय लिटर दूध खरिद गरी बेच्न थालेँ, दूध बिक्री गरेको रु ३० हजार रकमले केही फर्निचर खरिद गरेँ, काउन्टर बनाएँ, भाँडाकुँडा स्थानीयले नि:शुल्क दिए, पछि फिर्ता गरेँ ।”

निरन्तर व्यवसाय बढ्दै गएको र त्यसपछि चुलोमा दाउरा बालेर दूध तताउने कार्यसँगै मिठाइ बनाउन थालेको उहाँले बताउनुभयो । ललितले आम्दानी बढेपछि क्रिम सेप्रेटर मेसिन खरिद गरेँ । फ्रिजको निकै आवश्यक थियो, त्यो पनि खरिद गरेँ । त्यसपछि २०७६ सालमा रु २० लाख पशुपन्छी क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम पाएपछि व्यवसायलाई अगाडि बढाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

अहिले बैंकबाट रु ८० लाख कर्जा लिएर डेरी मिनी प्लान्ट जडान गरी आधुनिक रूपमा व्यवसाय गर्न थालेको उहाँले बताउनुभयो । बैंकबाट लिएको कर्जामध्ये रु २० लाख उहाँले चुक्ता गर्नुभएको छ । सरकारले पारदर्शी रूपमा सहुलियतपूर्ण रूपमा बैंकबाट कर्जा उपलब्ध गराउने कार्यसँगै विद्युत्, मेसिन र आधुनिक प्रविधिको विकासमा सहुलियत पुर्याउनुपर्ने उहाँ बताउनुहुन्छ । प्याकेजिङ, लेबलिङ, स्टोरिङ गर्ने तौरतरिका सिकाउनका लागि तालिम दिनुपर्ने ललितको माग छ ।

ललितले झलारी बजारमा मात्र नभएर कैलालीको धनगढीमा पनि डेरी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँका माइला दाजुले धनगढीको डेरी पसल सञ्चालन गर्दै आउनुभएको छ । गुणस्तरीय डेरी प्रोडक्ट उपलब्ध गराउँदै आएकाले ग्राहकको विश्वास बढ्दा कारोबार पनि बढ्दै गएको उहाँले बताउनुहुन्छ ।

स्थानीय बजारमा नै डेरी सञ्चालन गरी स्वरोजगारको सृजना गर्दै जीवनशैली मात्र नभएर समुदायको धारण बदल्न ललित सफल हुनुभएको वडाध्यक्ष लालबहादुर ऐर बताउनुहुन्छ । “स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहित गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “डेरी व्यवसाय आत्मनिर्भरताको मेरुदण्डका रूपमा रहेको छ ।” रासस