२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । थापाले आफ्नो फोटो खिचिरहेका पत्रकारको क्यामेरामा मुक्का प्रहार गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा थापाले पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपाल काठमाडौं फर्केपछि पार्टी नेताहरूसँग छलफलमा जुटेका थिए ।

छलफलकै लागि नेपालले वरिष्ठ अधिवक्ता थापा र गोविन्द बन्दीलाई पार्टी कार्यालयमै डाकेका थिए । नेपालसँग छलफल सकेर पार्टी कार्यालयको गेटबाट बाहिरिँदै गरेका थापालाई पत्रकारहरूले क्यामेरामा कैद गर्दै केही प्रश्न सोध्न खोजेका थिए । तर अनुमति नलिई फोटो लिएको भन्दै थापाले पत्रकार कार्कीको क्यामेरामा प्रहार गरेका हुन् ।

थापाले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले प्रतिवाद गरेपछि केहीबेर विवादसमेत भएको थियो ।

त्यसपछि एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले थापालाई गाडीतिर पुर्याएका थिए।

यो घटनालाई लिएर थापाको आलोचना भइरहेको छ । घटनाप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले विज्ञप्ति जारी गरेको छ ।